१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

पूर्व–पश्चिम राजमार्ग चार लेन बनाउन १५ अर्ब ३४ करोड



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ को मा सडक निर्माणको क्षेत्रमा सडक पूर्वाधार विकास, आवागमनमा सहजता, गुणस्तरीय यातायात पूर्वाधार, उचाइयुक्त पुल र प्रमुख शहरहरुबीचको दुरी र समय घटाउने गरि गतियुक्त राजमार्गहरुको निर्माणको काम अगाडि बढाउने कार्यक्रम निरन्तरता दिएको छ ।

पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार गर्ने, कन्चनपुर–कमला, नारायणगढ–बुटवल क्षेत्र र काँकडभित्ता, पतलैया क्षेत्रको विस्तृत डिजाइन सम्पन्न गर्ने र यस क्षेत्रको सघन बस्तीमा सर्भिस लेन, फ्लाइ ओभर लगायतका कार्यक्रमका लागि आगामी आर्थिक वर्षको बजेटले १५ अर्ब ३४ करोड रुपैंया छुट्याएको छ ।

यसैगरी पुष्पलाल राजमार्गको गुणस्तरीता वृद्धिका साथै राजमार्गको दुरी घटाउन आवश्यक काम अगाडि बढाइने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । यसका लागि आगामी आर्थिक वर्षको बजेटमा ८ अर्ब १३ करोड रुपैंया छुट्याइएको छ ।

मदन भण्डारी राजमार्गका लागि ३ अर्ब २० करोड रुपैंया छुट्याइएको छ । हुलाकी राजमार्गकोभेरी कन्काई क्षेत्रमासडक निर्माण, सुधार तथा गुणस्तरीयता वृद्धिका साथै चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पुनःरेखाकन गरि सडक तथा राजमार्गको काम तीव्ररुपमा अगाडि बढाइने र यसका लागि ६ अर्ब ३९ करोड रुपैया विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।
यसैगरी काठमाडौं र तराई–मधेश जोड्ने राजमार्गमा उचाइयुक्त पुल निर्माणको काम अगाडि बढाइने र यसका लागि ८ अर्ब १५ करोड रुपैंया छुट्याइएको छ ।


प्रतिक्रिया दिनुहोस !