Saturday, February 8, 2025

ट्रेन्डिङ :

नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज खोप

spot_img
spot_img
spot_img

चीनले अनुदानमा दिएको कोरोनाविरूद्धको १० लाख डोज खोपमध्ये ८ लाख डोज मंगलबार नेपाल आइपुगेको छ।

गत जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए। यसअघि पनि चीनले ८ लाख डोज खोप अनुदानमै दिएको थियो।

योपटक चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज सोमबार राति बेइजिङ गएको थियो। उक्त खोप लिएर जहाज मंगलबार दिउँसो नेपाल आइपुगेको हो। बाँकी २ लाख डोज भने तिब्बत सरकारले प्रदान गर्ने र युनान प्रान्तको राजधानी कुनमिङबाट हिमालय एयरलाइन्सले नि:शुल्क नेपाल ल्याइदिने भएको छ।

यसअघि चीनबाट ल्याइएको ८ लाख डोज खोप १८ वर्ष उमेर समूहका मानिसलाई लगाइएको थियो। त्यसमा पनि बढी काठमाडौं र आसपासका ठाउँहरूमा केन्द्रित गरिएको थियो। त्यो बेला खोप थोरै रहेको र काठमाडौंमा बढी जोखिम रहेको ठहर गर्दै सरकारले खोपलाई काठमाडौंमा केन्द्रित गरेको हो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?