१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

नेपालमा कोरोनाको नयाँ प्रजाति भेटिएको छैन : डब्लुएचओ



काठमाडौं । कोरोनाभाइरसको ‘नेपाली प्रजाति’ बेलायतसहितका युरोपेली मुलुकमा फैलिएको भन्ने डेली मेल अखबारको विवरणलाई स्वास्थ्य मन्त्रालयले खण्डन गरेको छ ।

डेलीमेल अखबारले आजको संस्करणमा नेपालको भेरिएन्टको कारण बिदा प्रभावित भएको समाचार लेखेको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले नेपालमा अल्फा (युके भेरिएन्ट) र डेल्टा (भारतीय भेरिएन्ट)बाहेक अर्को भेरिएन्ट भेटिएको पुष्टि नभएको बताए । ‘अल्फा र डेल्टाबाहेक अन्य प्रजाति हाम्रो सिक्वेन्सको सूचीमा छैन’ पौडेलले भने, ‘नेपाली भेरिएन्टले उनीहरुको बिदा प्रभावित भएको भन्ने खबर फैलिएछ । यो सत्य हैन ।’

पौडेलले यसको यथार्थबारे बेलायतको स्वास्थ्य नियामक निकाय (आइएचआर)लाई पत्र लेखिएको र जवाफको प्रतीक्षामा रहेको बताए । ‘हामीले बेलायतको आइएचआरलाई पत्र लेखेका छौं र जवाफको प्रतीक्षा गरिरहेका छौं’ उनले भने ।

डब्लुएचओले भन्यो- नेपालमा नयाँ प्रजाति भेटिएको छैन

विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयले नेपालमा अल्फा, डेल्टा र काप्पाबाहेक नयाँ प्रजाति नभेटिएको जनाएको छ । नेपालमा व्यापकरुपमा डेल्टा प्रजाति फैलिएको डब्लुएचओले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !