१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

मन्त्रिपरिषद् विस्तारको तयारी, जसपाका १० जना सरकारमा सहभागी हुँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र हेरफेरको तयारी गर्नुभएको छ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गर्न लाग्नुभएको हो । त्यसक्रममा केही मन्त्रीका जिम्मेवारी समेत हेरफेर हुनसक्ने बताइएको छ । जसपाको ठाकुर पक्षलाई आजै सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारी भएको बताइएको छ । यसबारेमा अहिले प्रधानमन्त्री ओलीले पार्टीका मुख्य नेताहरुसँग छलफल गर्दैहुनुहुन्छ ।

जसपा ८ मन्त्रालयसहित सरकारमा सामेल हुँदैछ । जसपाबाट दुई राज्यमन्त्रीसहित १० जना सरकारमा सहभागी हुनेछन् । आजै साँझ नयाँ मन्त्रीहरुको सपथग्रहण हुने सम्भावना रहेको स्रोतले जनाएको छ । संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो । यसअघि विहीवार राति बालुवाटारमा अबेरसम्म जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबीच वार्ता भएको थियो ।


प्रतिक्रिया दिनुहोस !