१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

दिल्ली र ओली मिलेर नेपालको संविधान खारेज गर्न खोजीरहेका छन् : बाबुराम भट्टराई



काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले भारतले अहिलेको संविधान भंग गरेर भारतले कालापानी फिर्ता लिने षड्यन्त्र गरिरहेको दाबी गरेका छन् । भारतीय पत्रिका द प्रीन्टसँगको संवादमा डा. बाबुराम भट्टराईले भारतले नेपालको संविधान खारेज गर्न पर्दा पछाडी खेलिरहेको र अहिले प्रतिक्रियावादीहरुलाई भारतले उचालको दाबी गरे । उनले भने अहिले भारतले नेपालमा संविधान खारेज गर्न चलखेल गरिरहेको छ भन्ने नेपाली जनताको बुझाई रहेको छ ।

यो सविधानप्रति भारतको पनि विमति रहेको र ओली पनि सन्तुष्ट थिएनन् डा. भट्टराईले द प्रीन्टसँगको कुराकानीमा भने । ओलीलाई धर्मनिरपेक्षता, समानुपातिक लगायतका मुद्धा मन परेको थिएन र भारतले पनि अहिलेको संविधान खारेज गरेर कालापानी फिर्ता लिन खोजको भन्ने नेपाली जनताको बुझाई रहेको भराईको दाबी थियो । सोही अन्तरवार्ता डा. भट्टराईले भारतले नेपालको स सानो मामिलामा खेल्ने गरेकोसमेत बताएका छन् । त्यस्तै भारतले फराकिलो मुटु बनाएर नेपालको ससाने मामिलामा खेल्न छोड्नु पर्ने बताएका थिए । त्यस्तै कालापानी विवाद दुबै देशका नेताहरु बसेर हल गर्नु पर्ने बताएका थिए ।

source-


प्रतिक्रिया दिनुहोस !