Monday, March 17, 2025

ट्रेन्डिङ :

आलोचना थेग्न नसकेपछि राष्ट्रिय एकता र अखण्डताप्रति प्रतिबद्ध रहेको महतोको स्पष्टीकरण

spot_img
spot_img

काठमाडौं । आफ्नो विवादास्पद अभिव्यक्ति चौतर्फि विरोध भएपछि उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको जनाएका छन् । शुक्रबार उपप्रधान तथा सहरी विकास मन्त्रालयको पदभार ग्रहणका क्रममा उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने अभिव्यक्ति दिएका थिए । शनिबार पनि आफूसहितका मन्त्रीहरुको स्वागतमा जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रममा उनले उक्त अभिव्यक्ति दोहोर्‍याएका थिए ।

उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि महतोले शनिबार राति एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनी स्पष्ट पारेका हुन् । जारी विज्ञप्तिमामा भनिएको छ– ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समुदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ ।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?