Wednesday, March 19, 2025

ट्रेन्डिङ :

सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार

spot_img
spot_img

सिरहा । सिरहाको मिर्चैयामा शनिवार बेलुका औषधी व्यवसायीमाथि गोली प्रहार भएको छ । मिर्चैया नगरपालिका ५ घर भई मूख्य चोकमा सिद्धि मेडिकल हलका सञ्चालन गरेका ३९ वर्षीय रामसागर साफीमाथि पसलमै ३/४ जनाको समूहमा आएका व्यक्तिहरुले गोली प्रहार गरेका हुन् । साफीको दाँया खुट्टा र हातमा गोली लागेको बताइएको छ । उनको उपचार मिर्चैयाकै मङ्गलम हेल्थकेयरमा भइरहेको छ। पसलमा हिसाव मिलान गरिरहेको बेलामा बत्ति गएको मौका छोपी अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले घटनाबारे अनुसन्धान गरिरहेको बताए। अहिले घटनामा संलग्न रहेको अशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?