१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

कोरोना संक्रमणबाट वरिष्ठ मुटु रोग विशेषज्ञ डा.विकास सुवेदीको निधन



काठमाडौं । कोरोना संक्रमणबाट वरिष्ठ मुटु रोग विशेषज्ञ डा.विकास सुवेदीको निधन भएको छ । २५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको ४२ वर्षका डा. सुवेदीलाई ह्याम्स अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा गए राती निधन भएको भएको अस्पतालका मिडिया पर्सन रोसन अधिकारीले जानकारी दिनुभयो ।

सुवेदी गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालनसमेत हुनुन्थ्यो । संक्रमणपुष्टि भएपछि उहाँले सोही अस्पतालमै उपचार गराइरहनुभएको थियो तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई १४ दिनअघि ह्याम्स अस्पताल ल्याइएको थियो ।

ह्याम्समा पुग्दा उहाँ गम्भिर अवस्थामा रहेको र अक्सिजन लेभल पनि घटिसकेको थियो । कडा निमोनिया भइसकेको अवस्थामा ह्याम्समा उहाँको ४ दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।


प्रतिक्रिया दिनुहोस !