Sunday, April 27, 2025

ट्रेन्डिङ :

प्रहरी चौकी तोडफोड गरि असईमाथि खुकुरी हान्ने ५ जना पक्राउ

spot_img
spot_img

सुनसरी । सुनसरीको धरान बसपार्कमा रहेको प्रहरी चौकीतोडफोड गरि प्रहरी माथि खुकुरी प्रहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय बिक्रम राई, २७ वर्षीय सिजन राई, २६ वर्षीय कालु भनिने सरोज लिम्बु ३० वर्षीय बसन्त राई र ३२ वर्षीय रेगन लिम्बु रहेका छन् । जेठ १३ गते साँझ धरान प्रहरी चौकीमा उजुरी दिन आएको एउटा समूहलाई अर्को समूहले खुकुरी प्रहार गर्न खोजेपछि रोक्न खोज्दा चौकी इञ्चार्ज असई सुमन दाहाल घाइते भएका थिए भने उनीहरुले चौकी नै तोडफोड गरेर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तीन जनालाई १८ गते र दुई जनालाई सोमबार पक्राउ गरिएको हो । पक्राउ परेका पाँचै जनाविरुद्ध थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?