Wednesday, March 19, 2025

ट्रेन्डिङ :

कोरिया जान नपाएकालाई श्रम मन्त्री श्रीवास्तवको आश्वासन, छिट्टै निर्णय लिन्छु

spot_img
spot_img

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तवले कोरियामा कामदार पठाउने विषय एक साता भित्रमा निर्णय लिइसक्ने आश्वासन दिएका छन् ।

१५ महिनादेखि रोजगारीका लागि कोरिया जान नपाएका युवाहरुले बुझाएको ज्ञापन पत्र लिँदै एक साता भित्रमा केहि केहि नयाँ निर्णय लिने आश्वासन दिएक हुन् ।

मन्त्री श्रीवास्तवलेरोजगार समन्वय महाशाखाका सहसचिव हरिप्रसाद मैनालीलाई तत्कालै पीडित युवाहरुको विषयमा सम्बोधन गर्न मौखिक निर्देशन समेत दिएका छन् ।

 सहसचिव मैनालीले भने यसअघि पनि धेरै पहल भएको हो भएपनि  ठोस निर्णय नआएको मन्त्रीलाई जानकारी गराएका थिए । श्रममन्त्री फेरिएपछि युवाहरुको टोलीले मंगलबार श्रम मन्त्रालयमै पुगेर अन्तिम निर्णय दिन माग गरेका हुन्।

‘गत वर्ष मार्चमा कोरोना महामारीका कारण सरकारले सबै देशमा उडान बन्द गरेसँगै दक्षिण कोरियाको रोजगारी रोकिएको थियो। सुरुमा आफ्नै सरकारले एकतर्फी रुपमा रोकेको रोजगारी अहिले कोरियाका कारण खुल्नसकेको छैन।

महामारीकै बीचमा पनि दक्षिण कोरियाले कतिपय देशबाट भने श्रमिक लगिरहेको छ। कम्बोडिया, भियतनाम, थाइल्याण्ड र पूर्वी टिमोरबाट कोरियाले नयाँ श्रमिक रोजगारीमा लगिरहेको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?