Sunday, March 16, 2025

ट्रेन्डिङ :

गरिवहरुले जीवनभर कर तिर्ने, शासकहरु महंगा गाडि चढ्ने स्थिति अन्त्य नभएसम्म यो देश बन्दैन् : प्रा.डा. युवराज संग्रौला

spot_img
spot_img

पूर्वमहान्याधीवक्ता एवं कानुनविद् प्राडा युवराज संग्रौलाले नेपालको शासकहरु गरिव जनताको हितभन्दा आफ्नो सुखसुविधामा रमाउँदै गएको औंल्याएका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले हुनेखाने र गरिबबीचको खाडल बढ्दै गएको भन्दै जन्मेदेखि मृत्यु हुँदासम्म कर तिर्ने गरिव जनता अवसर र सुविधाबाट सधैं बन्चित हुने तर साँसद, न्यायाधीस, कर्मचारी महंगा गाडि चढ्ने, तिनका छोराछोरी महंगा स्कुलमा पढ्ने, पढ्न विदेश जाने, तर गरिबले स्वच्छ पानी पनि खान नपाउने, तिनका छोराछोरीले खाडीमा गएर रगत सुकाउनुपर्ने अवस्था रहेको बताएका छन् ।

प्रा. डा. संग्रौलाको विचार: 

देश अहिलेसम्म खुइलिएकै छ । गरिवका घरमा खाना छैन्। गरिबलाई अस्पताल र औषधि छैन् । पुलिस, निजामती कर्मचारी, सेना सबैका अस्पताल छन्, अस्पताल सिर्फ गरिबका छैनन् ।

न्यायाधीशलाई राज्यले गाडी दिन्छ, माननीयहरुलाई राम्रो तलब र गाडी दिन्छ, कर्मचारीलाई गाडी दिन्छ । तर, गरिबलाई स्कुल छैन् । उच्च शिक्षा माथिका २० प्रतिशत धनीलाई मात्र प्राप्त छ । सुतेदेखि जाग्दासम्म, जन्मदेखि मर्दासम्म कर तिर्नुपर्छ। गरिबले खाने पानी फोहोर छ, धनीका कुकुर नुहाउने पानी सफा छ ।

हुनेका ६५ हजार छोराछोरी बिदेश जान्छन् पढ्न बर्सेनी । खर्बौं बिदेश लान्छन । गरिब अरबमा रगत सुकाउँछन् । संविधानले समाजवाद निर्माण गर्ने प्रतिबद्धता तर अहिले देशमा प्रतिनिधि सभा विघटन भएको छ । अब फेरि निर्वाचनमा १० अर्ब रुपियाँ खर्च हुन्छ। त्यसपछि जति घुस खाए पनि हुन्छ । किनकी, प्रधानमन्त्रीलाई अब उप्रान्त संविधान विघटनको रक्तस्वाद थाह भइसक्यो ।

सबै मानिस प्रतिनिधि सभा विघटनमा बेखुसी छन् । तर पनि आन्दोलनमा रस छैन, किन ?

१. जनता भन्छन, ‘एउटा प्रधानमन्त्री नछोड्ने, अरुलाई त्यहि चाहिने । हामी किन मूर्ख हुने ? अब अग्रज नेताहरु दोस्रो पुस्तालाई छोड्ने र उनीहरुले राम्रो काम नगर्दा छडी लगाउने काम गर्नुहोस।

२. आफ्नो बिचारधाराको ख्याल गर्नुहोस् । स्याल भए स्याल हो भन्नू होस । बाघ भए बाघ ।

३. देशप्रति इमानदार हुनुहोस् । छोराछोरी बिदेशमा, बाबु आमा नेपालमा बसेर नेताको भत्ता खान बन्द गर्नुहोस् ।

४. अब राजनीति सुधार्नुहोस् । सिद्धान्त, मूल्य र मान्यता देशको रक्षाका उपाएका कुरा गर्नुहोस् । बिदेशीलाई देवता नमान्नुहोस् ।

५. गरिबका माग लिएर सडकमा आउनुहोस् । तब जनताले साथ दिन्छन् ।

यदि त्यसो होइन भने सत्तामा बस्ने र सत्ता बाहिर बस्ने दुबै खाले नेताहरु जेल जाने दिन आउछन् । ब्वाँसोलाई आफ्नो ठान्ने पाठो कहिलेसम्म सुरक्षित होला र ? अब सत्ताको राजनीति चाहिँदैन। अब विकास, समाजवाद र राष्ट्रियताको राजनीति चाहिन्छ ।

धनानंदहरुको निकम्मापनको घडा भरिएपछि चाणक्यहरु उम्रिन्छ्न ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?