Sunday, March 16, 2025

ट्रेन्डिङ :

नेपाली भूमिमा निर्माण गरिएको कैलास मानसरोवर जाने सडक महत्वपूर्ण उपलब्धि : भारत

spot_img
spot_img

काठमाडौं : नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै तिब्बतको धार्मिकस्थल मानसरोवर पुग्ने बाटो निर्माणलाई तीव्रता दिएको भारतले सो सडक निर्माणलाई अभूतपूर्व काम भन्दै प्रसंशा गरेको छ । भिडियो कन्फरेन्समार्फत् मानसरोवर जाने सिंगल लेन सडकको उद्घाटन गरेको एक वर्ष एक महिनापछि शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले सीमा क्षेत्रमा सडक निर्माण गर्ने सुरक्षा निकाय बोर्डर रोड अर्गनाइसेजन (बीआरओ) ले ‘कैलाश मानसरोवर यात्राको लागि नयाँ बाटो निर्माण गरेको’ भन्दै प्रसंशा गरेका छन् ।

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको सडक कूल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्ने गर्दछ । भारतको उतराखण्ड राज्यको धार्चुला क्षेत्रबाट नेपालको सुदुरपश्चिम प्रदेशको दार्जुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको धार्मिकस्थल मानसरोवरमा पुग्ने बाटोको सिंहले सिंहले २०७७ वैशाख २६ गते दिल्लीबाट भिडियो कन्फरेन्समार्फत् उद्घाटन गरेका थिए ।

त्यसको नेपालमा चौतर्फी विरोध भएपछि परराष्ट्र मन्त्रालयले यो सडक निर्माण आफ्नो जानकारीमा रहेको भन्दै निर्माण रोक्न भारतलाई आग्रह गरेको थियो । भारतीय विदेश मन्त्रालयले त्यसै दिन विदेश मन्त्रालयमार्फत् ‘सडक आफ्नै भूमिमा बनाएको र केही समस्या भए कोरोना भाइरस संक्रमणपछि वार्ता गर्न सकिने’ जनाएको थियो । लगत्तै नेपालले लिम्पियाधुरासहितको भूभागलाई समेटेर जेठ ७ गते नयाँ नक्सा जारी गरेको थियो । जसलाई सोही दिन भारतले ‘नेपालको नक्सा अस्वीकार्य’ भनेको थियो । भारतले २०७६ को कात्तिक जम्मु कश्मिर र लद्दाखलाई फरक राज्यका रुपमा छुट्याएपछि जारी गरेको राजनीतिक नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेको थियो ।

अहिले फेरि भारतीय पक्षले यो सडक निर्माणमा जोड दिएको हो । भारतीय रक्षामन्त्रीले यो सडक निमार्णलाई उल्लेखनीय उपलब्धि भनेका छन् । नयाँ दिल्लीबाट शुक्रबार भिडियो कन्फरेन्समार्फत् बीआरओलाई सम्बोधन गर्दै सिंहले भनेका छन्, ‘पछिल्ला पाँच–सात वर्षमा बीआरओले उल्लेखनीय उपलब्धिहरु गर्‍यो । चाहे यो अटल टर्नेल रोहता, जस्ता नयाँ विश्वस्तरीय निर्माणको कार्यको थालनी होस्, कैलाश मानसरोवर यात्राको लागि नयाँ मार्ग निर्माण होस्, बीआरओले नयाँ रेकर्ड कायम गरेको छ राजनाथ सिंहले भनेका छन् । बीआरओकै सडक निर्माणलाई विस्तार गर्ने क्रममा बिस्फोटन गराउँदा खसेको चट्टानले नेपालको ब्यास जोड्ने घोडेटो बाटो समेत बन्द भएको छ । भारतले तीन दिनअघि उक्त बाटोको गर्वाधारमा चट्टान फुटाउदा विस्फोटक पदार्थ प्रयोग गर्दा दार्चुलाको तल्लो भागबाट माथिल्लो भाग जान नसकिने भएको छ । ब्यास गाउँपालिका–२ स्थिल क्षेत्रको बाटो भत्किएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?