Tuesday, March 18, 2025

ट्रेन्डिङ :

—जोकरतन्त्र—

spot_img
spot_img

भरसक ‘बा ग्याङ्’ ले
आफूले हार्ने
चुनाव नै गराउँदैन
गराइहाल्यो भने
त्यो ज्ञानेन्द्रले गराएको चुनावझैँ हुन्छ
चुनावको नाममा नौटङ्की
चुनावका नाममा अर्को नमुना चुनाव,

एउटा प्रस्ताव
अब हुने चुनावमा
‘राइट टु रिकल’
‘राइट टु रिजेक्ट’
या ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’
चुन्ने नियम बनाउनै पर्छ,

अस्ति भर्खर
एउटा जोकर गयो
ऊ ‘मानिसले रूखबाट कार्बनडाइअक्साइड पाउँछौं’ भन्थ्यो
अहिले फेरि अर्को जोकर आएको छ
ऊ भन्दैछ –‘चुरे बचाउँन, चिरापरेका पहाडमा
लिक्विड स्पे्रे गर्नुपर्छ !’
अर्को नमुना भन्दै थियो
–‘ तीन बजेसम्म मन्त्री हुने टुङ्गै थिएन
‘बा ग्याङ्’ले जबर्जस्ती मन्त्री बनाइदियो ।’
त्यसैले पत्रकार महोदयहरू !
यतिखेर मसँग
गृहका केही योजनाहरू छैनन्,

१५ दिनअघि मन्त्रीमा राखिएको
अर्को नमुना भन्दै थियो
– ‘सिक्छु र चलाउँछु !’
उसकै साथीले हो
पोहोर ‘कङ्ग्य्राचुलेसन्’ दिनु पर्ने ठाउँमा
‘कोन्डोलेन्स्’ भनेर विश्व हँसाएको,

अब त शङ्का लाग्न थाल्यो
नेपालका मन्त्री हुनेहरूको
दिमागी कारखाना एउटै पो छ कि क्या हो ?
मन्त्रीमण्डल गठन भएकै दिन
भट्टीमा एउटा जँड्याहा भन्दै थियो
–‘नेपालमा मान्छे मन्त्री हुन्छ
तर मन्त्री मान्छे हुँदैन ।’

जोकरतन्त्रले
यो कुरा हो जस्तो लाग्दैछ
बधाइ दिन जँड्याहा खोजेको
ऊ त हिजै कोरोनाले मरेछ !!

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?