५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

माओवादी नेता पाण्डेको हत्या गर्ने ११ जना पक्राउ, उनकै श्रीमतीले प्रेमीसँग मिलेर योजना बनाएको खुलासा



कपिलवस्तु । नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला नेता दिपक पाण्डेयको हत्यामा संलग्न ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक पाण्डेकी श्रीमती महिमा पाण्डेयसमेत रहेकी छिन् । मृतककी श्रीमती पाण्डेय र ओमप्रकाश यादवबीच विगत तीन वर्षदेखि अनैतिक सम्बन्धमा रहेकोसमेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीन वर्षदेखि नै दुवै मिलेर दीपक पाण्डेयलाई मार्ने योजना बनाएको पनि अनुसन्धानबाट खुलेको छ । योजना अनुसार नै यादवले विभिन्न समयमा विभिन्न व्यक्तिलाई दिपक पाण्डेयलाई मार्न सुपारी समेत दिएका थिए । जेठ ५ गते दिपक पाण्डेयको गोली हानी घाइते बनाए पछि पाण्डेयको उपचारको क्रममा जेठ १० गते मृत्यू भएको थियो । हत्याको मुख्य योजनाकार मृतक पाण्डेयको श्रीमती महिमा पाण्डेय र ओमप्रकाश यादव रहेको अनुसन्धानबाट खुलेको छ ।

हत्यामा संलग्न रमजान साह मुसालमान, साकिर अलि पाखिया, पुर्णविर पाल्पाली कुम्हाल, सद्धाम हुसेन, ज्ञानेन्द्र कुमार पाण्डेय, राधेश्याम चौधरी, श्रीराम चौधरी, नसरत अलि र प्रविण गुप्तालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सर्वजनिक गरेको छ । घटनामा संलग्न हातहतियारसहित पक्राउ परेका र उक्त हातहतियार खरिद बिक्री, ओसारपसार कार्यमा संलग्न सम्पूर्णलाई संगठित अपराध सजाय ऐन २०७० बमोजिम कपिलवस्तु जिल्ला अदालतबाट म्याद गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

नेकपा माओवादी केन्द्र कपिलवस्तुका नेता दिपक पाण्डेयलाई जेष्ठ ५ गते राति ११ बजेको समयमा कपिलवस्तु नगरपालिका वडा नं। ६ गोबरी स्थित चार नम्बर तौलिहवा सडक खण्डमा गोली प्रहार गरिएको थियो । गोली लागेर घाइते भएका उनको उपचारका लागि काठमाण्डौ पठाइएको थियो । जेष्ठ १० गते काठमाडौंमा नै पाण्डेयको निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस !