२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

भावुक हुँदै खनालले भने- ‘केपी कमरेड जसरी भए पनि पार्टी एकता गर्नुस्’



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी मिलाउन आग्रह गरेका छन् । उपचारका लागि दिल्ली जानुअघि नेता खनालले एमालेलाई एकढिक्का बनाउने भूमिकामा लाग्न ओलीलाई आग्रह गरेका हुन् । बुधबार उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको फोनबाट खनालसँग संवाद गरेका प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभको कामना गरे । त्यसक्रममा खनालले ओलीलाई पार्टी मिलाउन आग्रह गरेका खनालका निकट सहयोगी होम बुढाथोकीले बताए ।

झलनाथ खनालले अध्यक्ष ओली पार्टीको प्रमुख ठाउँमा भएकाले मिलाउने भूमिका बढी हुने बताएका थिए । ओलीसँग कुराकानीका क्रममा खनाल भावुक बनेको बुढाथोकी बताउँछन् । बुधबार नै एमाले महासचिव ईश्वर पोखरेल खनाललाई भेट्न नर्भिक अस्पताल पुगेका थिए । पोखरेलसँग पनि नेता खनालले एकताको पहल गर्न आग्रह गरेका थिए । नेता खनाललाई स्वास्थ्यलाभको शुभकामना पनि उनले दिए । ३१ जेठमा नर्भिक अस्पताल भर्ना भएका खनाललाई थप उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल लगिदैछ ।


प्रतिक्रिया दिनुहोस !