२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

बालिकाको अपहरण गर्नेलाई कांग्रेस र एमालेको संरक्षण, मुद्दा दर्ता गर्न मान्दैन प्रहरी



काठमाडौं : बर्दियामा एक बालिकाको अपहरणकारीका विरुद्ध प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेको खुलेको छ । बर्दिया जिल्लाको गुलरिया वडा नम्बर २ का मेराज गुजरलगायतको अपहरणकारीहरु बिरुद्ध प्रहरीले मुद्दा गर्दा गर्न नमानेका अपहरणमा परेकी युवती ताहिरा गजुरका बुबा बाजीर गुजरले बताए । स्थानीय राजनीति दलका नेताहरुले चलखेल गरेर मुद्धा नै दर्ता गर्न नदिएको वाजीर गुजरले गुनासो गरे । आफ्नो छोरी कुखुरा फर्ममा हेरचाह गर्न गएको बेला मेराजु गुजरसहित अनुहारमा नकाव लगाएका ३/४ जनाले आफ्नो छोरीलाई जंगलमा लगेर बाँधेको र अध्यारो भएपछि उनलाई सीमानाकाबाट भारत लगेर करिब ४० दिन बन्धक बनाएको ताहिरा गुजरका बुबाले बताए ।

यसरी भएको थियो ताहिराको अपहरण ।

गुलरिया कै मेराज गुजरले एक स्थानीय १४ वर्षीया युवतीलाई मंसिर पुस महिनातिर जंगलमा लगेर बलात्कार गरेछ । बलात्कारपछि ती युवतिलाई आफ्नो घरमा आमाबुबा वा अरु कुनै गाउँलेलाई बताए ज्यान मार्ने धम्की दिए छ । ज्यान मार्ने धम्की दिएपछि युवतीले आफु बलात्कृत भएको कुरा गुपचुप राखिछन् । समय बित्दै गयो ती मेराज गुजरले बलात्कार गरेकी युवती गर्भवती भईछन् । दिनानु दिन पेट बढ्न थाल्यो । घरपरिवारमा उनी गर्भवती भएको शंका लागेपछि उनका परिवारले बैशाख महिनातिर अस्पताल लगेर चेकजाँच गराए । त्यसपछि उनी गर्भवती भएको पुष्टि भएपछि ती बालिकाले मेराज गुजरले बलात्कार गरेको बताईन् । उनका आमा बुबालाई छोरीमाथि बलात्कारपछि गर्भवती भएको थाहा भएपछि केटाको घरमा कुराकानी गर्न खबर गरे । तर उलटै केटाले ती बालिकालाई आफुले बलात्कार नगरेको र आफु केटीको घर नआउने बताए । केटाको बुबाले आफ्नो छोराले बलात्कार नगरेको भन्दै उल्टै धम्की दिए । बालिकाको भबिष्य र बच्चाको भबिष्य बर्बाद हुने भएपछि बलत्कृत युवतीका आमा बुबालाई केही पनि थाहा नभएकाले प्रहरीमा जान मैले पनि सहयोग गरे बाजिर गुजरले भने । म प्रहरी चौकीमा गएको गाउँको घटना सबैलाई थाहा हुने भै हाल्यो ।

त्यसपछि बलात्कारी मेराजसहित ३/४ जनाका नकावधारीहरुले मेरी छोरी ताहिरालाई कुखुरा फर्मबाट तानेर जंगलमा लगेछन् । रातीको मौका पारेर मेराजको काको छोराको मोटरसाईकलमा हालेर भारत पुर्याएछन् । छोरी ताहिरालाई मेराजको काकाको सालो (जसको घर भारतमा थियो) आएर छोरीलाई भारतमा करिब ४० दिन बन्धक बनाएर राखे । यता गाउँमा मेराजले अपहरण गरेको हल्ला चल्यो । त्यसपछि मिडियाको ओईरो लाग्यो गाउँमा । राजनीतिक पार्टीमाथि पनि चर्को दबाब पर्यो । चौतर्फी दबाब आएपछि प्रहरीले अपहरणकारी गुजरलाई पक्राउ गर्यो र छोरी ताहिरालाई प्रहरी चौकीमा ल्याईयो । तर म नपुग्दै मेराजका बुबा र प्रहरीले छोरीलाई आफ्नो खुसीले भागेकी भन्नु नत्र जेल हाल्ने भनेर धम्की दिएछन् । छोरी डराईछे र सहमतिमै भारत गएको भनिछे । जब म प्रहरीमा चौकीमा पुगे छोरी ताहिरा रुन थालिन् । प्रहरी र मेराजका बुबाले जेल हाल्ने धम्की दिएका रहेछन् । छोरी एक्लै भएको बेलामा मिलापत्र नगरी मौखिक रुपमा केस टुंग्याएछन् । जबकी म प्रहरी चौकी पुग्नै पाएको थिएन ।

राजनीतिक दलको दबाबले मुद्दा दर्ता गर्न मानेन, इन्सपेक्टरले उल्टै धम्की दिए ।

त्यसपछि म्रले पटकपटक अपहरणकारी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्ने प्रयत्न गरे तर मुद्दा फाँटका इन्सपेक्टरले प्रमाण ल्याउनुस् । केही प्रमाण छ तपाईसँग भन्दै उल्टै थर्काए । जबकी भारतमा बन्धक बनाइएकी छोरीलाई मेराजका बुबाले प्रहरी चौकीमा ल्याएका थिए त्यो घटनाको साँची प्रहरी नै गुजरले भने । छोरीलाई अपहरण गरेको बेला प्रहरीका डीएसपीले पनि राजनीतिक चर्को दबाब आएको छ तर पनि म प्रयत्न गर्छ भनेको गुजरले बताए ।

त्रासमा गुजर परिवार

घटनामा स्थानीय राजनीतिक पार्टीका नेताहरुको हात रहेको उनी बताउँछन् । उनी भन्छन्, हुन त म आफै पनि एमालको कार्यकर्ता हुँ तर भएर मात्र के गर्नु मेरो छोरीको केस दर्ता नहुनुमा एमाले र कांग्रेसको मिलोमतो छ । त्यती मात्र होईन बलात्कारी मेराजका काका पनि राप्रपाका हर्ताकर्ता नेता हुन् । अहिले म गाउँमा त्रासमा छु । एमाले, कांग्रेस र राप्रपाले मुद्दा दर्ता नगर्न दबाब दिने गरेका छन् । तर देशको सुरक्षा गर्ने कसम खाएको नेपाल प्रहरी नै अपराधी, बलात्कारी र अपहरणको संरक्षण गर्ने रहेछ भनेर बल्ल बुझे अपहरणमा परेकी ताहिराका बुबा बाजीर गुजरले भने ।


प्रतिक्रिया दिनुहोस !