१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

रातारात ३४ जना एमालेका कार्यकर्ता भर्ती गरेर दार्चुला हुलाक कार्यालय प्रमुख फरार



दार्चुला : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेकै सिफारिसमा दार्चुला जिल्ला हुलाक कार्यालयमा मनपरी भएको छ । यही असार २, ३ गते रातीको समयको मौका छोपी विज्ञापन र सुचना लुकाएर प्रकाशित नै नगरी कर्मचारी नियुक्ति ३४ जना कर्मचारी नियुक्ति गरिएको भन्दै त्यसको चौतर्फी विरोध भईरहेको छ । नियुक्त भएका ८ जना हल्कारा र २६ जना हुलाकी गरि जम्मा ३४ जना नबनियुक्त कर्मचारीहरुको नाम ठेगाना प्रकाशित गरिएको छ ।

पुर्ण रुपमा राजनैतिक गन्ध घुस्ने गरि एमाले दार्चुलाले गलत फाईदा उठाउन खोजेको छ भन्ने विपक्षी कांग्रेसको आरोप छ । हुलाक जस्तो राज्यको सूचना प्रवाह गर्ने सस्थालाई राजनीति गरेर आफ्नो राजनीतिक रङ्ग दिएको नेपाली काङ्ग्रेस दार्चुलाका नेता तथा तरुणदल दार्चुलाका पुर्वअध्यक्ष उमेशसिंह खत्रीले जानकारी दिए । खत्रीले आफुहरुले यस्को विरोध गरेको बताउदै अहिले हुलाक प्रमुख समेतको मिलेमतो हुन सक्ने पनि बताए । उनले ३४ जना नियुक्त गरि जिल्ला हुलाक कार्यालय दार्चुला प्रमुखको कार्यालय छोडी फरार भएको खत्रीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !