१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

मध्यपूर्व र अफगानिस्तानबाट निस्केर अमेरिकी फौज नेपाल पस्न सक्ने खतरा : भरत दाहाल



काठमाडौं : त्रीमूल पार्टीका अध्यक्ष भरत दाहालले नेपालमा राजनीति गम्भीर संकट आएको बेला आउँदो समयमा मध्यपूर्वमा रहेको अमेरिकी फौँज नेपाल आउने तयारीमा रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेुबुकमा यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, केही समयसम्म देश अप्रत्यासित रुपको त्रासदीबाट गुज्रिँदैछ। विश्व घटनाहरुले यस्तै संकेत दिएका छन्। अमेरीकाले मध्यपूर्वबाट आफ्नो सबै सैन्य संरचनाहरु झिक्दैछ। त्यो अफगासनिस्तानबाट पनि बाहिरिन थालिसकेको छ। यसको अर्थ हो, यूरो अमेरीकी पूँजीवादी खेमाको सैन्य शक्ति अन्यत्र केन्द्रीत हुँदैछ। नेटोका नाममा पश्चिमा सैन्य संरचना रुसका वरिपरी र ईण्डो प्यासिफिक रणनीतिका नाममा चीनका वरिपरी केन्द्रीत हुन थालेको यथार्थता सबैले बुझेका छन्।

त्यस्तै उनले जी सेभेन नामको पश्चिमा पूँजीवादी गुट र नेटोको बैठकको मूल मुद्दा नै चीनलाई कसरी कमजोर बनाउने भन्ने विषयमा केन्द्रीत रहेको र रुस सैन्य शक्ति मात्र भएको तर आर्थिक र सैन्य दुबैमा बलियो रहेको चीन विरुद्ध केन्द्रीत हुने उनले बताए । उनी अगाडी भन्छन्, रुस सैन्य शक्ति मात्र भएको र चीन आर्थिक एवं सैन्य दुबै रुपले तिनीहरुको समस्या बन्दै गएको कारणले पश्चिमाहरु चीनका विरुद्धमा केन्द्रीत हुने निष्कर्षमा पुगेर रुसलाई सन्तुलनमा राख्ने असंभव योजनामा लागेका छन्। अमेरीकी राष्ट्रपतिले रुसी राष्ट्रपति पुतिनसंग वार्ताको पहल गर्नुको कारण यहि हो। तत्कालको रणनीतिमा चीन मूख्य निशानामा परेका कारणले नेपालको भूराजनीति इतिहासमा सबैभन्दा ठूलो जोखिममा पर्न थालेको छ। चीनभित्र पृथकतावादी आन्दोलन फैलाउने पश्चिमाहरुको रणनीतिको मूख्य थलो नेपाल नै हो। हङकङ र सिञ्जीयानमा असफल भैसकेका तिनीहरु ताईवानबाट यो काम हुन्छ भन्ने विश्वासमा छैनन् उनले भनेका छन् ।

त्यस्तै दाहालले चीनका वरिपरी शक्ति केन्द्रीत गरे पनि तिनीहरुले चीनसंग युद्ध सुरु गर्ने छैनन्। तिनीहरुको प्रयास अर्को देशको भूभाग प्रयोग गरेर छद्म युद्ध सुरु गर्ने हो। यसका लागि नेपाल तिनीहरुको प्राथमिक निशानामा परेको छ। यसप्रति समयमैं सचेत हुन र प्रतिरोधको तयारीमा लाग्न सकिएन भने मध्यपूर्व र अफगानिस्तानबाट निस्केको साम्राज्यवादी फौज नेपालमा पस्ने खतरा बढेको बताए।


प्रतिक्रिया दिनुहोस !