२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

अराजकता हटाउन महन्तलाई साथमा लिए तर अदालतसँगको सेटिङमा मन्त्रीलाई हटाईयो : ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको निश्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको बताएका छन् । सर्वोच्च अदालतको मंगलबारको अन्तरिम आदेशप्रति आशंका व्यक्त गर्दै प्रधानमन्त्री ओलीले न्यायालयको निर्णय अगावै भएको चर्चाले शंका उब्जाएको बताएका हुन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सम्पादित एवम् प्रकाशित पुस्तकहरुको लोकार्पण कार्यक्रमलाई शुक्रबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्रीले अघिल्लो दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतले ‘यस्तो गर्दैछ’ भनी अभिव्यक्ति दिनु र भोलिपल्टै त्यस्तो आदेश आउनुले न्यायालयको निश्पक्षतामााथि प्रश्नचिन्ह खडा भएको बताए ।

उनले भने, ‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि गजबै छ । धादिङमा अघिल्लै दिन भोलि अदालतले हटाउँदैछ भनेको सूचना मैले पाएको छु । न्याय निश्पक्ष निरुपण भयो कि अरु नै हिसाबले ’ प्रधानमन्त्रीले सेटिङ शब्दको सन्दर्भ उल्लेख गर्ने क्रममा अदालतको आदेशसँग जोड्दै भन्नुभयो, ‘नत्र भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो,कसरी त्यो भयो ’

प्रधानमन्त्री ओलीले खुलमखुल्ला विदेशी हस्तक्षेपको अपेक्षा गर्नेहरुले नै आफूलाई आडम्बरी देशभक्ति भनी टिप्पणी गर्ने गरेको बताए । एकजना पूर्वप्रधानमन्त्रीले हालै दिएको टेलिभिजन अन्तर्वार्ताको सन्दर्भ उल्लेख गर्दै उनले विपक्षी गठबन्धनका पूर्वप्रधानमन्त्रीहरुले विदेशीलाई गुहारेर उल्टै आफूमाथि नक्कली र आडम्बरी देशभक्तिको आरोप लगाएको दाबी गरे । सम्बोधनको क्रममा उनले प्रजातन्त्र र संविधानविरुद्ध अराजकता ल्याउन खोज्नेहरुविरुद्ध एकजुट हुन महन्थ ठाकुरलाई साथमा लिएको पनि बताए ।


प्रतिक्रिया दिनुहोस !