Wednesday, March 19, 2025

ट्रेन्डिङ :

संघीय सरकारको नीतिविपरित तलब घटाएपछि बाल शिक्षक तथा कर्मचारी आन्दोलित

spot_img
spot_img

झापा । भद्रपुर नगर सरकारले नगर क्षेत्रमा कार्यरत बाल शिक्षक तथा कर्मचारीको तलब संघीय सरकारको नीतिविपरित सार्वजनिक गरेको भन्दै नेपाल शिक्षक संघ भद्रपुर नगर समिति तथा शिक्षक महासंघ भद्रपुरले आपत्ति जनाएका छन् ।

संघीय सरकारले बाल शिक्षक तथा कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ कार्यान्वयन गर्ने नीति अनुसार बजेट सार्वजनिक गरेको भए पनि भद्रपुर नगर सरकारले सो नियम नमान्ने गरी नगर क्षेत्रका शिक्षक कर्मचारीको पारिश्रमिक व्यवस्थापन गरेको भन्दै शिक्षक महासंघ र शिक्षक संघले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

पाउँदै गरेको तलबमा सात हजार रुपैयाँ थप गरेर १५ हजार रुपैयाँ पुर्याउनु पर्नेमा बाल शिक्षकको तलबमा तीन हजार र कर्मचारीको तलबमा दुई हजार रुपैयाँ मात्र थप गरिएको नगरद्वारा सार्वजनिक गरिएको बजेटमा उल्लेख छ ।

शिक्षक महासंघका अध्यक्ष गणेश गिरी तथा शिक्षक संघकी अध्यक्ष मञ्जु दाहालले एक विज्ञप्ति जारी गर्दै संघीय सरकारको नीति विपरीत शिक्षक कर्मचारीको तलब राख्ने काम पुनर्विचार गरी सच्चिन नगर कार्यपालिकासँग अनुरोध गरेको छ । माग सुनुवाई नभए आन्दोलन गर्ने उनीहरूले चेतावनीसमेत दिएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?