२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

सुदूरपश्चिको प्रदेश सभा बैठकबाट बजेट पारित



कैलाली । सुदूरपश्चिम प्रदेशमा बजेट पारित भएको छ । असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले प्रस्तुत गरेको ३० अर्ब ३३ करोडको बजेट सोमबारको प्रदेश सभा बैठकमा पारित गरिएको हो । बजेट पारित हुनु पूर्व सोमबारको बैठकमा पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बिषयमा मन्त्रालयका बारेमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले ‘सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ पारित गर्न प्रस्ताव गर्दा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाले विरोध गरे । उनीहरुले हुन्न भनेपछि ‘सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गर्‍यो ।

‘आर्थिक बर्ष २०७८र०७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केहि रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक’ भने सर्व सम्मत पारित भएको हो । विधेयक पारित गर्न सभामुखले निर्माणार्थ प्रस्तुत गर्दा नेपाली कांग्रेस र जसपा मौन बसेका थिए । सुदूरपश्चिम प्रदेशमा २५ एमालेका १३ माओवादीका १२ काँग्रेसका र २ जसपाका सांसद छन् ।


प्रतिक्रिया दिनुहोस !