२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

सहकुल थापा एआईजीमा बढुवाका लागि सिफारिस, आईजीपीका लागि पोखरेलसँग प्रतिस्पर्धा गर्ने



काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस सिफारिस गरेको छ । सोमबार गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको हो । यसअघि बसेको मन्त्रिपरिषद बैठकले एक एआईजी थप गर्ने निर्णय गरेको थियो । पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहेका थिए । अब उनले भावी आईजीपीका लागि विश्वराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् । हालका आईजीपी शैलेश थापा क्षेत्रीले आगामी बैशाख १९ गते अबकास पाउदै छन् ।


प्रतिक्रिया दिनुहोस !