१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

अभूतपुर्वक विकास गरेर एमाले जनतामाझ झन् लोकप्रिय हुँदै गएको छ : ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका ऐतिहासिक कामका कारण नेकपा एमाले जनतामाझ झन् लोकप्रिय हुँदै गएको बताउनुभएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दे उहाँले वर्तमान सरकारले ऐतिहासिक रुपमा अभूतपुर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुदै गएको बताउनुभएको हो । बिमिस्टेक, लगानी सम्मेलन लगायत अन्तराष्ट्रिय स्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको दाबी पनि उहाँले गर्नुभयो । पार्टी भित्रैबाट अनावश्यक झमेला झिक्ने, संसदलाई प्रभावकारी हुन नदिने, विधेयकहरु बन्न नदिएर अल्झाउने काम भएपछि आफुले संसद विघटन गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !