२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

ओलीको धम्कीले न्यायधीश डराउँदैनन्, निष्पक्ष फैसला आउँछ : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशलाई धम्काइरहेको आरोप लगाउनुभएको छ । बुधबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा देउवाले न्यायाधीशहरुलाई ओलीले अनावश्यक धम्की दिएको भन्दै कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने बताउनुभयो ।

सभापति देउवाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम आफूले दाबी गरेकाले आफूलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकेमा असन्तुष्टि व्यक्त गर्नुभयो । देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो भएको टिप्पणी पनि गर्नुभयो । त्यस्तै उहाँले छिमेकी बदल्न नसकिने भन्दै दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने जिकिर गर्नुभयो । देउवाले कमिसनका कारण कोरोनाको खोप नआएको ठोकुवा पनि गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस !