२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

दार्चुलाको सिद्धटोपी र जोगेनी जात्रा नयाँ पाठ्यक्रममा समावेश



दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिकामा रहेको पर्यटकिय स्थल सिद्ध टोपी र ब्याँस गाउँपालिकाको प्रसिद्ध जात्रा जगेनी यस वर्ष देखी पाठ्यक्रममा समेटिएको छ । पाठ्यपुस्तक लेखन समितिले जिल्लाको सिद्ध टोपी पर्यटकिय स्थल र ब्याँसको प्रसिद्ध जात्रा जगेनीलाई पाठ्यक्रममा समावेश गरेको समितिका सहायक प्राध्यापक महेश प्रसाद भट्टले जानकारी दिए । प्राध्यापक भट्टले कक्षा ४ को नेपाली विषयको पाठ १२ मा ब्याँस गाउँपालिकाको प्रसिद्ध जात्रा जगेनी र कक्षा ६ को नेपाली विषयको पाठ ८ मा दुहुँ गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल सिद्ध टोपीका बारेमा वर्णन गरि समावेश गर्नु भएको छ ।

तल्लो कक्षाको पाठ्यक्रममा संधै जसो पुर्वतिरकै भेषभुषा, रहन सहन, संस्कृति, पर्यापर्यटन हुने गरेको तथा यस वर्ष देखी सुदुरपश्चिम तिरको पनि पर्यटन र संस्कृति समावेश गर्नु पर्छ भन्ने सुझावका साथ सिद्ध टोपी र जगेनी जात्रा पाठयक्रममा समावेश गर्न सम्भव भएको उहाले बताउनुभयो । कक्षा ६ को नेपाली विषयको पाठ ८ मा सिद्ध टोपीको बारेमा वर्णन गरिएको छ, भने कक्षा ४ को नेपाली विषयमा जगेनी जात्राको बारेमा वर्णन गरिएको छ । जिल्लाको पर्यटकिय स्थल र संस्कृति साना–साना बालबालिका अध्ययन गर्ने कक्षामा लागु भए संगै पर्यटकिय स्थल तथा संस्कृतिको बारेमा बृहत रुपमा प्रचार प्रसार हुने अपेक्षा गरिएको छ ।

यी विषयहरुलाई पाठ्यक्रममा समावेश गर्न दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्की र ब्याँस गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीको भुमिका पनि महत्वपुर्ण रहेको छ । कक्षा ६ को नेपाली विषयमा सिद्ध टोपीका बारेमा यसै शैक्षिक सत्रबाट पढाई सुरु भइसकेको तथा कक्षा ४ को नेपाली विषयमा रहेको जगेनी जात्राको पढाई आउदो शैक्षिक सत्रबाट सुरु हुने सहायक प्रध्यापक महेश प्रसाद भट्टले जानकारी दिए । कक्षा ४ को नेपाली विषयमा समेटिएको जगेनी जात्रा सहितको पुस्तक यसवर्ष नेपालका १ सय वटा विद्यालयहरुमा परिक्षणका लागी गइसकेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !