२७ बैशाख २०८१, बिहीबार
 |   Thu May 9 2024
Logo

ओलीको अल्टिमेटम : दुई दिनभित्र हस्ताक्षर फिर्ता नगरे पार्टी एकता हुदैन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षसोमबार साँझसम्म फिर्ता नभए पार्टी एकता नहुने बताएका छन् । शुक्रबार (आज) बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले २३ निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेको बोलाइएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु अनुपस्थित थिए । ओलीले बैठकलाई सम्बोधन गर्दै भने, दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । काँग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका सदस्यलाई छैन ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय