७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

कोशी सरकारमा एकीकृत समाजवादीलाई निषेध, के भन्छन् राजेन्द्र राई ?



विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले संघीय गठबन्धनमा आफ्नो पार्टी भए पनि कोशीमा भने नयाँ सरकार गठनको प्रक्रियामा आफूलाई सामेल नगराइएको बताएका छन् । संघीय गठबन्धनमा एकीकृत समाजवादी सामेल भए पनि उनले एमाले र माओवादीले सरकार गठनको प्रक्रियाको बारेमा कोशीमा आफूसँग सरसल्लाह र छलफल नगरेको बताए ।

पूर्वमुख्यमन्त्री राईले २ वटा पार्टीले बहुमत पुगिहाल्छ नि भने जसरी नयाँ सरकार गठनको प्रक्रिया थालेकाले आफू र आफ्नो पार्टी सरकार गठनको प्रक्रियामा सहभागी हुन नसकेको बताए । उनले भने, ‘मध्यरातमा किन सरकार गठनको आव्हान गर्नु पर्यो रु उज्यालोमा गर्दा पनि हुने थियो ।’ उनले कोशी प्रदेश प्रमुख केन्द्रीय सत्ता गठबन्धनको छाया भएर काम गरेको भन्दै असन्तुष्टि जनाए ।

उनले एमाले र माओवादीले कोशी प्रदेश सभामा दर्ता गराएका संकल्प प्रस्तावको पक्षमा समेत नरहेको बताए । राईले प्रदेश प्रमुखले डाइरेक्ट मुख्यमन्त्री नियुक्ति गर्नु हुँदैन भन्नेमा थिए ।

उनले सरकार गठनको प्रक्रियामा असन्तुष्टि भए पनि केन्द्रीय गठबन्धनमा रहेकाले सर सल्लाह गर्नु पर्ने बताए । सरसल्लाह गरे र सरसल्लाह अनुसार काम गरे सरकारमा आफ्नो पार्टी सहभागी हुने बताए । उनले एकीकृत समाजवादी सरकारमा सहभागी हुन र गठबन्धन कायम गर्न तयार रहको बताए ।


प्रतिक्रिया दिनुहोस !