२८ बैशाख २०८१, शुक्रबार
 |   Fri May 10 2024
Logo

एमालेले साउन २५ गते विधान अधिवेशन गर्ने, बिलखबन्दमा नेपाल समूह



काठमाडौं । नेकपा एमालेले आगामी साउन २५ गते विधान अधिवेशन गर्ने भएको छ । शुक्रबार र शनिबार बसेको १३ औं केन्द्रीय कमिटी बैठकले अगामी साउन २५, २६ र २७ गते काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले तल्लो कमिटीहरुलाई असार मसान्तसम्म पार्टीको सदस्यता नवीकरण गराउनुपर्ने, साउन ५ गते त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाउनुपर्ने निर्देशन दिएको छ । साथै बैठकले पार्टीका तल्लो तहका कमिटीहरुको अधिवेशनअन्तर्गत आगामी भदौ ५ गते वडास्तरका र १५ गते पालिकास्तरका अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले संगठनको काममा केन्द्रित हुन केन्द्र तथा जिल्ला र गाउँ स्तरका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीको विधान अधिवेशनमा पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संसोधन प्रस्ताव र नेता रामबहादुर थापाको संयोजत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि भएको नेकपा एमाले प्रचार विभागले जनाएको छ । पार्टीका केन्द्रीय तहका ३२ वटा विभागमा रहने सदस्यको प्रस्ताव र सिफारिस अविलम्ब पठाउन बैठकले निर्देश गरेको छ । तर नेपाल समूह भने प्रक्रियाबाट बाहिरिने भएको छ । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको भ्रम बारेमा स्पष्ट पार्दै नेकपा एमालेविरुद्ध मोर्चाबन्दी गरिएको भन्दै पार्टीका नेता कार्यकर्तालाई सच्चिएर फर्किन आह्वान गर्नु भएको थियो । तर नेपाल समूह भने आफ्नो अडानबाट पछि हट्ने संभवना न्यून रहेको छ ।


प्रतिक्रिया दिनुहोस !