१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

ओली र नेपालको इगोका कारण एमाले जोडिनै नसक्ने ठाउँमा पुगेको दोस्रो पुस्ताका नेताहरुको विश्लेषण



काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन दिएको समय सोमबार ५ बजे सकिएको छ । तर, नेपाल पक्षले ओलीले दिएको अल्टिमेटमलाई टारिदिएपछि एमालेको आन्तरिक रडाको नयाँ चरणमा प्रवेश गरेको छ । ओलीले हस्ताक्षर फिर्ता नलिनेहरू एमाले नरहने चेतावनीसमेत दिइसक्नुभएको छ ।

देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा नेपाल पक्षका २३ सांसद्ले हस्ताक्षर गरेका छन् । शेरबहादुरका लागि भन्दा पनि देशको संविधान, संघीयता र लोतान्त्रिक गणतन्त्रको रक्षार्थ हस्ताक्षर गरेका कारणले फिर्ता लिनुपर्ने कारण नभएको नेपाल समूहको तर्क छ । वार्ताको प्रमुख डा. भीम रावल र वरिष्ठ नेता माधवकुमार नेपाललाई कारबाही भइसक्दा पनि दोस्रो बरियताका वार्ता र पार्टी एकताको सम्भावना छ भनेर बसिरहेका छन् । कमिटी वैध नभएकाले त्यसले गरेका कारबाहीहरू मान्य नहुने नेपाल समूहका नेताहरु बताउँछन् ।

ओली र नेपालको ‘इगो’का कारण एमाले जोडिनै नसक्ने ठाउँमा पुगेको विश्लेषण हुन थालेको छ । एमाले उपाध्यक्ष बामदेव गौतमले समेत तत्काल ओली र नेपाललाई मिलाउन नसकिने भनेर हरेस खाइसक्नुभएको छ । ‘माधव कमरेड धेरै रिसाउनुभाको छ केपी ओलीसित, केपी ओली पनि माधवजीसँग बेस्सरी रिसाउनुभाको छ,’ उहाँ भन्नुहुन्छ, ‘यी दुईटाको रिस हुनेबेलासम्म उहाँहरू मातहतमा रहेका साथीहरूको चिन्ताले पनि काम लाग्नेवाला छैन ।’

आफू दुवैको रिसलाई शिथिल बनाउनतर्फ लागेको भए पनि तत्काल सम्भव नहुने उहाँको भनाइ छ । ओली र नेपाल यति टाढिएका छन् कि, कुराकानी गर्न र भेट्नसमेत चाहिरहेका छैनन् । दोस्रो तहका नेताहरूले दुई नेता मिलाउन गरिरहेको भगिरथ प्रयास निरर्थक बनिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !