५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

चीनले कहिले पनि विश्वभरी प्रभुत्व जमाउन नखोज्ने जिनपिङको दाबी



काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले कहिले पनि विश्वभरी आफ्नो आधिपत्य विस्तार वा प्रभावको क्षेत्र नखोज्ने दाबी गरेका छन् । विश्वका १६० देशका विभिन्न पार्टीका नेताहरुसँग गरेको भिडियो प्रशिक्षण कार्यक्रममा बोल्दै सीले कोभिड–१९ महामारी, जलवायु परिवर्तन र आतंकवादजस्ता मानवताविरोधी मुद्दामा सबै मुलुक मिलेर अघि बढ्नुपर्ने बताए । चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका १६० मुलुकका राजनीतिक दलको बैठकलाई बेइजिङबाट सम्बोधन गर्दै उनले जनताको आवाज सुनेर अघि बढ्न विश्व नेताहरुलाई आग्रह गरे । विकास नै विश्वका विभिन्न मुलुकको अधिकार भएको बताउँदै उनले निश्पक्षता, प्रभावकारिता र तालमेलसहित विकासमा केन्द्रित हुनुपर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !