२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

एक करोड ५६ लाख बढी सम्पत्ति आर्जन गरेका सुब्बाले पाए अदालतबाट सफाइ



काठमाडौं । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका नायब सुब्बा ललित कुमार झाले अदालतबाट सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की, शान्तिसिंह थापा र चन्द्रबहादुर सारूको इजलासले उनलाई सोमबार सफाइ दिएको हो । एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै आयोगले झा विरुद्ध १५ असार २०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

श्रीमती सुचितादेवी झालाई समेत प्रतिवादी बनाई दायर मुद्दामा दुई वर्षपछि दुवैले सफाइ पाएका छन् । झा सार्वजनिक सेवामा प्रवेश गरेको २०४० साल असारदेखि २०७६ जेठसम्मको आयव्ययको छानबिन गर्ने क्रममा उनले दुई करोड २८ लाख ६४ हजार दुई सय आठ रुपैयाँ सम्पत्ति वैध रूपमा आर्जन गरेको देखिएको आयोगले जनाएको थियो । तर, उनीसँग तीन करोड ८५ लाख ४३ हजार दुई सय ३४ रुपैयाँ बराबरको सम्पत्ति भेटिएपछि आयोगले स्रोत नखुलेको सम्पत्ति जफत गरी सोहीअनुसार जरिवाना र कैदको माग राखी मुद्दा दायर गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !