२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

पार्टी एकताको खाका तयार, ओली र नेपालको बैठक मेरिट होटलमा शुरु



काठमाडौं : सत्तारुढ नेकपा (एमाले) को विवाद समाधानको प्रयास स्वरुप अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ। काठमाडौंस्थित मेरियट होटलमा भर्खरै अध्यक्ष एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता सुरु भएको हो। अध्यक्ष र वरिष्ठ नेताको भेटमा एमाले एकता प्रयासमा सक्रिय भएका नेताहरुसमेत सहभागी छन्।

बुधबार सिंहदरबारमा बसेको एमाले एकता कार्यदलले सहमतिको मस्यौदा तयार पारेर अध्यक्ष र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तय गरेको थियो। सोही अनुसार अध्यक्ष ओली र नेता नेपालबीच कुराकानी सुरु भएको हो। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको छलफलमा नेता विष्णु पौडेल र सुरेन्द्र पाण्डेसमेत सहभागी छन्।

अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले एकलौटी ढंगले असंवैधानिक कदम चालेको भन्दै लामो समयदेखि माधव नेपाल समूहले पार्टीविरुद्ध विद्रोह गर्दै आएको थियो। पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन भएपछि ओलीविरुद्ध संघर्ष गरेको नेपाल समूहले दोस्रो पटक प्रतिनिधिसभा पुनः विघटन भएपछि प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर संकलन गरेपछि एमाले विवाद उत्कर्षमा पुगेको थियो।

पछिल्ल दिनमा पार्टी विवादकै कारण अध्यक्ष एवम् प्रधानमन्त्री अप्ठेरोमा पर्दै गएपछि ओली एकताका लागि लचक भएका हुन्। नेपाल समूहको माग अनुसार ओलीले एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय लिएपछि एकता प्रयासका लागि भएका वार्ता सकारात्मक बन्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस !