१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

सकसमा निर्वाचन आयोग, जसपा विवाद निरुपण गर्न इजलास गठन



काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) को विवाद निरुपण गर्न इजलास गठन गरेको छ । आयोग पदाधिकारीको आजको बैठकले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । आयोगले सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । राजनीतिक दल सम्वन्धी ऐनअनुसार मङ्गलबार दुबै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास गरिएकोमा सहमति नभएपछि सुनुवाइका लागि इजलास गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टीको आधिकारिकता विवाद टुङ्ग्याउन माग गर्दै आयोगमा निवेदन दिएको हो ।


प्रतिक्रिया दिनुहोस !