२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

निराश हुँदै घनश्याम भुसालले भने- दश दिनदेखि कार्यदलमा कुनै प्रगति हुन सकेन



काठमाडौं । नेकपा एमालेका नेता तथा कार्यदलका सदस्य घनश्याम भुसालले कार्यदलमा कुनै प्रगति हुन नसकेको बताउनुभएको छ । कार्यदलमा भएका छलफलहरू सकारात्मक बनिरहेको बताइएका बेला नेता भुसालले भने १० दिनदेखि कुनै प्रगति हुन नसकेको बताउनुभएको हो । बिहीबार साँझको कार्यदल बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता भुसालले निरन्तर छलफल भएपनि ठोस उपलब्धि हुन नसकेको बताउनुभएको हो । अनौपचारिक छलफल गरेपछि केही एजेन्डा तयार गरेको तर विभिन्न कारणले ठोस, खास प्रगति भने हुन नसकेको उहाँले बताउनुभयो । कार्यदलको बैठक पुनः शुक्रबार बिहान साढे ११ बजे बस्ने उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !