
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सत्तारुढ दल नेकपा एमालेनिकट युवासंघका नेताहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले फैसला सुनाउन लागेकै पूर्वासन्ध्यामा युवासंघले राजधानीमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर अंकित स्टिकर निधारमा बनाएर सडकमा देखिएका छन् ।
राजधानीमा आइतबार भएको प्रदर्शनका क्रममा उनीहरुले केपी ओली राजनेता भएको दावी गर्दै उनको पक्षमा नाराबाजी गरेका थिए ।
राष्ट्रिय झण्डा र ओलीको ठूलो फोटोसमेत बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले ‘आई एम विथ केपी’ ओलीको नारा पनि लगाएका थिए ।
सरकारले नै सभा, जुलुस गर्न नपाउने भनि आफैले बनाएको कोरोना प्रोटोकलको आफ्ना कार्यकर्ताहरुबाट सिधै धज्जी उड़ाउन लगाएको थियो भने भने प्रहरी प्रशासन पुरै निरिह मुद्रा रहेको थियो ।