१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

पुराना दौतरी खोज्दै विप्लव, आज भेटे डा. बाबुराम भट्टराईलाई



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

विप्लव अर्का नेता धर्मेन्द्र बास्तोलासहित भट्टराईलाई भेट्न शुक्रबार उनको निवास पुगेका थिए । उनीहरुबीच लामो समयपछि भेटवार्ता भएको जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।

उनीहरु पूर्वसहकर्मीसमेत हुन् । १० वर्षे सशस्त्र द्वन्द्वमा उनीहरु एउटै मोर्चामा थिए ।

विप्लवले यसअघि नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सित भेटवार्ता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !