२० जेष्ठ २०८०, शनिबार
 |   Sat Jun 3 2023
Logo

बदमासी गरेपछि गाउँपालिका अधिकृतले लेखापाललाई गरे निलम्बन



सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाका लेखापाल विवेक आचार्यलाई प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले निजामती सेवा ऐन अनुसार आधा दर्जन बढी कसुरहरू गरेको अभियोगमा लेखापाल आचार्यलाई निलम्बन गरेका छन् । निजामती सेवा ऐन, २०४९ को दफा ६१(ख), (घ) र (च) अनुसारको कसुर गरेको भन्दै स्पष्टीकरण मागेका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले दफा ६१ अनुसार लेखापाल आचार्यलाई निलम्बन गरेको जनाएका छन् ।

लेखापाल आचार्यमाथि कार्यालयको लेखा अभिलेक चुस्त रूपमा नराखेको, आन्तरिक लेखा परीक्षण हुँदा भुक्तानी दिँदा पेस गरेका गोश्वारा भौचर, बिल भरपाई, पे रोल, सिफारिस तथा प्रतिवेदनहरू पेस नगरेको, आर्थिक वर्ष २०७६/०७७ को अन्तिम लेखा परीक्षणको समयमा सम्पूर्ण कागजातहरू पेस गर्छु भनी उक्त अवधिभित्र स्रेस्ताहरू पेस हुन नसकेको र जसको कारणले ठुलो आयतनको बेरुजु देखाइएको, सम्परीक्षणको अवधिमा समेत आफ्नो जिम्मेवारी पूर्णरुपमा बेवास्ता गरी लेखा स्रेस्ता अद्यावधिक नगरेको, लेखा स्रेस्ता अद्यावधिक गर्न कार्यालयबाट पटक पटक निर्देशन हुँदासमेत गैर जिम्मेवारीपूर्ण जवाफ दिई जिम्मेवारीबाट पन्छिएको र २०७८ वैशाख १० गतेदेखि जेठ २३ गतेसम्म कार्यालयमा बिना जानकारी अनुपस्थित रहेको आरोप छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय