१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

देउवालाई विश्वासको मत दिने नेपालसहितका २२ सांसदलाई कारबाही गर्ने ओलीको प्रस्ताव



काठमाडौं । नेकपा एमालेले पार्टी निर्णय अवज्ञा गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारबाही गर्ने भएको छ । केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राख्नुभएको हो । अध्यक्ष ओलीले बैठकमा नेता नेपाललाई विषवृक्षसँग तुलना गर्दै विषवृक्षलाई अझै सम्मान भन्दै आक्रोश व्यक्त गर्नुभएको एक नेताले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो संसदमा सम्बोधन गर्दै नेता नेपाललाई सम्मान नगरिएको गुनासो गरेका प्रति ओलीले आजको बैठकमा आक्रोश पोख्नुभएको ती नेताले बताउनुभयो । ललितपुरस्थित तुलसीलाल स्मृति भवन च्यासलमा बसेको बैठकमा मुलुकका पछिल्लो रजनीतिक अवस्था र प्रतिपक्षीको भूमिकालगायतका विषयमा छलफल भैरहेको नेताहरूले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !