spot_img
Wednesday, July 28, 2021
spot_img

ट्रेन्डिङ :

घरेलु मदिरा सेवनले ४ मजदुरको मृत्यु, २ जना गम्भीर बिरामी

spot_img

बागलुङ । घरेलु मदिरा पिएका चार मजदुरको मंगलबार बिहान मृत्यु भएको छ । अरू दुई जना गम्भीर बिरामी छन् । उनीहरूले सोमबार बेलुकी घरेलु मदिरा सेवन गरेका थिए । मृत्यु हुनेमा रोल्पाको सुनील स्मृति गाउँपालिका–५ का ३० वर्षीय प्रविन घर्ती, ५१ वर्षका रेखबहादुर राना, २१ वर्षका दीपेन्द्र पुनमगर र ३९ वर्षको दूधबहादुर राना छन् । उनीहरूको मंगलबार बिहान साढे ४ बजे मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।

ती मजदुर गलकोट नगरपालिका–७ को मल्मस्थित एक खानेपानी आयोजनामा काम गर्थे । मदिरा पिएर सुत्न हिँडेका उनीहरूको अवस्था गम्भीर भएपछि उपचारका लागि राति नै धौलागिरि अस्पताल ल्याइएको थियो । गम्भीर बिरामी रहेकामा २६ वर्षीय रवीन्द्र पुन र ३८ वर्षीय खेमराज घर्ती छन् । उनीहरूको धौलागिरि अस्पतालमा उपचार भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

महन्त ठाकुर र रेशम चौधरी जसपाबाट निकालिए

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: