१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एमालेका प्रदेश सांसदहरुले रावललाई भने-एमसीसी र कालापनीका विषयमा को बोल्छ ?



काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन सुदूरपश्चिम प्रदेशका मन्त्री तथा एमालेका प्रदेशसभा सदस्यहरूले आग्रह गरेका छन् । उनीहरु रावल निवास टोखामा नै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् । उनको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

आफ्नो क्षेत्रका नेता संघीय संसद्मा रहनु पर्ने र एमसीसी जस्ता विवादित विषयमा सवाल उठाउने नेता पनि चाहिने हुँदा राजीनामा फिर्ता लिनु पर्ने प्रदेशसभा सदस्यहरू बताएका छन् । उनीहरुले भने ‘सुदूरपश्चिमको अभिभावक, सक्रिय राजनीतिमा लागेको व्यक्ति संघीय संसदमा रहिरहन पर्छ । एमसीसी, कालापानीलगायतका सवाल कसले उठाउँछ ? भनेर हामीले भन्यौं,’ उनले भने, ‘समग्र सुदूरपश्चिमकै लागि पनि राजीनामा फिर्ता लिनुपर्छ भनेर आग्रह ग¥यौं ।’ रावललाई भेट्न प्रदेशकी कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्कालगायत १३ जना पुगेका थिए । भेटमा रावलले प्रदेशका साथीहरूको चासो र चिन्ता स्वभाविकै भएको तर, आफू अकारण राजीनामा भने नदिएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !