१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरेर टिकटक बनाउने एकजना पक्राउ



काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो जोडेर ट्रोल भिडियो बनाई सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरी चरित्र हत्या गर्ने व्यक्तिलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।

प्रहरीले झापाको मेचीनगर नगरपालिका–६ बस्ने सोमप्रसाद घिमिरेलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरेको हो ।

पक्राउ परेका घिमिरेलाई अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता नवीन्द्र अर्यालले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !