जनमतसंग्रहको सह उत्पादन : वैज्ञानिक समाजवाद र रवीन्द्र मिश्रको हिन्दु राष्ट्र « Supremekhabar
Edition
   २ आश्विन २०७८, शनिबार
 |   Sat Sep 18 2021
Logo

जनमतसंग्रहको सह उत्पादन : वैज्ञानिक समाजवाद र रवीन्द्र मिश्रको हिन्दु राष्ट्र



काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले झै संघीयता खारेज गर्नुपर्ने तथा धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने धारणा अगाडि सारेका छन् । केही समय अघि सरकारसँग तीन बुँदे सहमति गरेर खुल्ला राजनीतिमा आएका विप्लवले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद छान्ने अधिकार जनतालाई दिनु पर्ने बताउँदै आएका थिए । विप्लवले वैज्ञानिक समाजवादका लागि जनमत संग्रहको माग गरेपछि रविन्द्र मिश्रले झै मार्ग परिवर्तन विचारभन्दा माथि देश नामक अवधारणा पत्र पार्टीमा छलफलका लागि पेश गर्दै मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षता परिमार्जन हुनुपर्ने मत व्यक्त गरेका हुन् ।

१) स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी
२) धर्म निरपेक्षताबारे जनमत संग्रह, अवधारणाको मूल खण्ड साभार गर्दै मिश्रले फेसबूकमा लेखेका छन्, पूर्व जानकारी गराए अनुरूप मैले छलफल तथा बहसका लागि पार्टीमा प्रस्तुत गरेको १०,५०० शब्द लामो नितान्त व्यक्तिगत धारणा नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित भएको छ। सो दस्तावेजका अन्य खण्ड तथा उपखण्डहरू निम्नानुसार रहेका छन् ।

मिश्रले उपखण्डहरूलाई बुँदागत रूपमा फेसबूकमा उल्लेख गरेका छन्, जुन निम्नानुसार छन्

क) संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत

ख) संघीयता नेपालको अखण्डताको लागि घातक

ग) नेपालका प्रमुख संस्थाहरूलाई क्षयीकृत गर्ने अर्को कडी
घ) किन एकजना धर्म निरपेक्षतावादी धर्म निरपेक्षताबारे जनमत संग्रहको माग गर्दैछ

च) कहाँबाट आयो धर्म निरपेक्षताको एजेण्डा ?

हिन्दु राष्ट्र र हिन्दु राष्ट्रवादबीचको अन्तर, गणतन्त्रमाथिको खतरा, महिला, मधेशी, जनजाति लगायत अल्पसंख्यक, सीमान्तकृतहरूको हकहितको सुनिश्चितता, मार्ग परिवर्तनको प्रकृया, वैकल्पिक राजनीतिरकल्याणकारी लोकतन्त्र के हो, के होइन ? राजनीतिक सामाजिक एजेण्डा, राजनीतिक आर्थिक एजेण्डा, परिशिष्ट भावना र भूमिका ।


प्रतिक्रिया दिनुहोस !


अखिलमा नयाँ नेतृत्व : अध्यक्षमा सुनिता बराल, महासचिव समिक बडाल



काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियूको अध्यक्षमा सुनिता बराल चयन भएकी छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय सचिवालयको बैठकले उपाध्यक्ष बराललाई अध्यक्ष घोषणा गर्न लागेको छ । आगामी चैतमा २३ औं महाधिवेशन आयोजना गर्नेगरी बराल अध्यक्ष र समिक बडाल महासचिव रहनेगरी केन्द्रीय समिति हेरफेर र विस्तार गर्न लागिएको विद्यार्थी इन्चार्ज खिमलाल भट्टराईले जानकारी दिए ।

अखिलको वरिष्ठ उपाध्यक्षमा हालका सचिव तथा प्रवक्ता आरसी लामिछाने चयन भएका छन् । उपाध्यक्षमा झपिन्द्र खत्री, यमराज पाण्डे, मोति विक, निशा अधिकारी, कल्पना वाइबा, उमेश आचार्यलगायतको नाममा सहमति जुटेको छ भने ११ जना सचिव रहने भएका छन् । पार्टीको निर्णयबमोजिम यसपटक अनेरास्ववियूको नेतृत्व परिवर्तन भएको छ । ५ वर्षअघि सम्पन्न २२ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष नविना लामा नेकपा एकतासँगै विदा भएर ऐन महर अध्यक्ष बनेका थिए । महर शनिबारबाट विद्यार्थी राजनीतिबाट अलग भएका छन् ।

उनीसँगै २२ औं सम्मेलनबाट निर्वाचित उपाध्यक्ष रश्मी आचार्य, महेश वर्तौला र सैलेश लामा पनि अनेरास्ववियूबाट विदा हुँदै छन् । अध्यक्षको लागि रश्मी आचार्य र बर्तौला पनि आकांक्षी थिए । पूर्वअध्यक्ष नविना लामा, रश्मी आचार्य आफूहरुलाई अन्याय भएको भन्दै अनेरास्ववियूको बैठकमा अनुपस्थित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा ८ जनालाई माफी, ५२३ जनाको कैद कट्टा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ८ जनालाई माफी र ५२३ जनाको कैद भट्टा गरेकी छन् । पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारेर माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । हर्कबहादुर राईसमेत ५२३ जना कैदीले भुक्तान हुन बाँकी कैद कट्टा गरिएको छ । असोज ३ गते संविधानको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो । सरकारले २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस !

एउटा प्रदेशी जिन्दगी, प्रदेशमै जान्छ प्राण अनि पखेरु !



लमजुङका यी २२ बर्षे युवाको नाम डेल्सन थापा मगर हो । अनि उनले छोई रहेको सेतो बाकसभित्र उनका बुबा गोबिन्द कुमार थापा मगरको लास छ । डेल्सन ३ बर्षको हुँदा मलेसिया गएका गोबिन्द लामो समयसम्म परिवारसँग सम्पर्कमा आएनन् ।

३ र ५ बर्षका दुई छोरा छोडेर सम्पर्कहिन बनेका उनकी श्रीमती यही पिरले बितिन् । बैदेशिक रोजगारीमा गएको शुरुवाती समय र अन्ततिर गोविन्द सम्पर्कमा त आए तर त्यसबेला उनलाई असाध्य बिमारले च्यापिसकेको थियो । उनलाई पेनाङका नेपालीको सहयोगमा नेपाल पठाउन एयरपोर्ट पुर्याईयो ।

दुर्भाग्य, एयरपोर्ट पुग्नासाथ उनी बेहोस भएर ढले । फर्काएर अस्पताल भर्ना गरियो । तर, तिनदिन पछि गोविन्दले पराई भुमीमा नै प्राण त्याग गरे । गोविन्दका कान्छा छोरा डेल्सन काठमाडौमा सामान्य रोजगारी गर्छन् । जनउद्धार केन्द्र, मलेसियाका साथीहरुले डेल्सनलाई सम्पर्क गरेर सोधे -‘लास नेपाल लाने कि यतै सद्गती गर्ने ?’

जिवनमा बाबुको अनुहार समेत नदेखेका उनले भने- ‘लामो समयसम्म सम्पर्कहिन हुनुभयो । त्यही पिरले मम्मीपनी बित्नु भो । मलाई त बाबुको अनुहारपनि याद छैन । १९ बर्षसम्म कहाँ, के गर्नुभो, के समस्या पर्यो । कसरी बिरामी पर्नु भो, केही थाहा छैन । तर जे भएपनी जन्मदिने बाबू हुन् , एकपटक अनुहार हेर्न पाए हुन्थ्यो !’

तर, लास ल्याउन सक्ने डेल्सनको आर्थिक अवस्था थिएन । उनलाई फुपुहरुले सहयोग गरिरहेका थिए । जिन्दगीमा कहिल्यै बाबुको अनुहार प्रतक्ष देख्न नपाएको छोराको एकपटक बाबुको अनुहार हेर्ने अन्तरईच्छालाई अन्तत: जनउद्धार केन्द्र मलेसिया र अन्य समाजसेवीले पूरा गरिदिनु भयो ।

परदेशमा गुमनाम रहेको एउटा नेपालीको लास अर्को नेपालीको सहयोगमा आज नेपाल आईपुग्यो । छोराले बाबुको अनुहार हेरे । दिवंगत देहले आफ्नै जन्मभुमीको माटोमा समाहित हुन पायो । यसकालागी जनउद्धार केन्द्र, केशु थापा, सुनिल श्रेष्ठ, बिरस पुन, देवेन्द्र गिरि लगायत धन्यबादको पात्र छन् । यो अभियानको निरन्तरको सारथि हुन पाउँदा हामी पनि खुसी छौँ ।

तर, परदेशमा कंक्रिटका जङ्गल, जङ्गलका गल्ली र गल्लीका कुना, भित्तामा कति गोविन्दहरु गुमनाम बाँचिरहेका हाेलान् ! देशका कुना काप्चामा कति श्रीमती र सन्तानहरु बाबु फर्कने बाटो कुर्दै बसेका होलान् ! बैदेशिक रोजगारीमा गएका तर घर परिवारबाट सम्पर्कहिन भएकाहरुको सूची मन्त्रालय, बिभाग, दुताबास वा बोर्डसँग हाेला कि नहोला !?

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: