१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

ब्रोकरको कमाईः दैनिक चार लाख देखि डेढ अर्ब सम्मको सेयर कारोबार, यी हुन टप टेन कम्पनी



सेयर बजारमा बढ्दा होस् वा घट्दा कमाउने भनेको त्यो धितोपत्र दलाल कम्पनी मात्रै हो।

उक्त कारोबार रकममा ब्रोकरले किन्ने बेच्ने दुवै पक्षबाट कारोबार रकमको आकारका आधारमा ०.२७ देखि ०.४ प्रतिशत सम्म कमिसन लिन्छन्। अर्थात औसतमा पनि कारोबार रकममा ०.३३ प्रतिशत कमिसन पाउँदा समेत ब्रोकरले दैनिक करोडौ रुपैयाँ कमिसन वापत लैजान्छन्।

नासा सेक्युरिटिज एक्लैले १ अर्ब ३७ करोड रुपैयाँको सेयर किनबेच गराउँदा अरु कुनै पनि ब्रोकरले अर्ब माथिको कारोबार गराउन सकेनन्।सबैभन्दा कम सेयर कारोबार गराउनेमा भने सगरमाथा सेक्युरिटिजले जम्मा चार लाख २९ हजार रुपैयाँको मात्रै सेयर कारोबार गराएको छ।

सबैभन्दा धेरै रकमको सेयर कारोबार गरेको नासाले सबैभन्दा धेरै एनसीसी बैंकको सेयर बेचेको छ भने हिमालयन जनरल इन्स्योरेन्सको सेयर किनेको छ।

दोस्रो नम्‍बरमा रहेको भिजन सेक्युरिटिजले ९८ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच गराएको छ। भिजनबाट माउन्टेन हाइड्रोको सबैभन्दा धेरै सेयर बिक्रि भएको छ भने गुडविल फाइानान्सको सेयर किनिएको छ।

तेस्रो नम्बरमा रहेको इम्पेरियल सेक्युरिटजले ८६ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार गराएको छ। सांग्रिला विकास बैंकको सेयर धेरै बेचेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको सेयर धेरै किनेको छ।

त्यस्तै चौथो नम्बरमा रहेको डायनामिक मनि म्यानेजर सेक्युरिटिजबाट ८६ करोड २३ लाख रुपैयाँको सेयर कारोबार गरेको छ। सिद्धार्थ इन्स्योरेन्सको धेरै सेयर बिक्री गर्दा एनसीसी बैंकको धेरै सेयर किनेको छ।

अनलाइन सेक्युरिटिजबाट ७८ करोड ९० लाख रुपैयाँको सेयर किनबेच हुँदा निर्धन उत्थान लघुवित्तको धेरै सेयर बिक्री र शिवम सिमेन्टको धेरै सेयर खरिद गरिएको छ।

शनी सेक्युरिटिजबाट ७२ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार हुँदा ङादी ग्रुपको धेरै बिक्रि  र हिमालयन पावर पार्टनरको धेरै खरिद भएको छ।

त्यस्तै दीपशिखा धितोपत्र कारोबारबाट ६९ करोड ९० लाख रुपैयाँको सेयर किनबेच हुँदा प्रोग्रेसिभ फाइनान्सको बिक्री र ङादी ग्रुपको सेयर सर्वाधिक खरिद गरिएको छ।

एबिसी सेक्युरिटिजबाट ६० करोड ८६ लाख रुपैयाँको सेयर किनबेच हुँदा नेपाल बैंकको सेयर धेरै बेचिएको र आइएमई जनरल इन्स्योरेन्सको सेयर धेरै किनिएको छ।

आर्यतारा सेक्युरिटिजबाट ६० करोड ३५ लाख रुपैयाँको सेयर खरिद बिक्रि हुँदा सप्तकोशी विकास बैंकको धेरै सेयर बेचिएको र गुडविल फाइनान्सको धेरै सेयर किनिएको छ।

ओपल सेक्युरिटिजबाट ५८ करोड रुपैयाँको सेयर किनबेच हुँदा सिद्धार्थ बैंकको सेयर बिक्री र रिडि हाइड्रोपावरको सेयर खरिद गरिएको छ।


प्रतिक्रिया दिनुहोस !