१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सांसदको आरोप : प्रभु साहले महिलाको चरित्र हत्या गर्नुभयो



काठमाडौ ।सांसद दिलकुमारीले पूर्वमन्त्री प्रभु साहले महिलाको अपमान गरेको आरोप लगाएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले पूर्वमन्त्री साहले महिलाको सभ्यतामाथि आक्रमण गरेको र चरित्र हत्या गरेको उल्लेख गरिन् । के विषयमा साहले चरित्र हत्या गरेका हुन् उनले १ मिनेट बोल्ने समयमा पूरा गर्न सकिनन् ।

उनले भनिन्–‘प्रभु शाहले विगत २ वर्षदेखि मदानी मेला लगाउने गरेका छन्, के समाजवादमा जाने बाटो यही हो । प्रभु साहले समाजवादको नाममा ब्रह्मलुट गर्दै हुनुहुन्छ । भेटी दक्षिणमा व्यापक भ्रष्टाचार गर्नुहुन्छ । उहाँले शिवनगरमा महिलाको अस्मितामा आँच आउने काम गर्नुभएको छ ।’ सांसद दिलकुमारीको १ मिनेटको बोल्ने समय सकिएपछि सभामुख अग्नि सापकोटाले माइक काटेका छन् ।


प्रतिक्रिया दिनुहोस !