६ चैत्र २०८०, मंगलवार
 |   Tue Mar 19 2024
Logo

दार्चुलामा भारतीय एसएसबीले एक नेपालीलाई तुइनबाट खसालेर ज्यान लियो



काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिंदा एक नेपाली महाकालीमा खसेर बेपत्ता भएका छन् । शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीहरुले बताएअनुसार तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको छेउमा नपुर्‍ग्दै एसएसबीले फलामे डोरी निकालिदिएका थिए ।

‘धामीसँगै गएका तीन जना तुर्‍इन तरेर पारि पुगिसकेका रहेछन्,’ ब्यास गाउँपालिका–२ का वडाध्यक्ष वीरेन्द्रसिंह बुर्‍ढाथोकीले भने । ‘उनीहरुकाअनुसार धामी नदीको छेउमा नपुर्‍ग्दै एसएसबीले फलामे डोरी निकालिदिएका रहेछन् ।’ धामीका परिवारले जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापनपत्र बुर्‍झाउँदै घटनामा भारतीय एसएबसीको संलग्नताबारे छानबिन गर्न माग गरेको छ ।

प्रशासनले भारतलाई पठायो पत्र

यसैबीच जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्र पठाउँदै छानबिन गरेर सहयोग गरिदिन आग्रह गरेको छ ।

पिथौरागढ डीएम कार्यालयलाई पत्रचार गरिएको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले बताइन् । ‘भारततर्फ पुर्‍ग्ने क्रममा एसएसबीले तुर्‍इनको डोरी खोल्न खोजेपछि पानीले धामीलाई बगाएको भन्ने कुरा आएको छ,’ भट्टले भनिन्, ‘वास्तविक कुर्‍रा खुलेको छैन । हामीले घटनाको छानबिनका लागि पिथौरागढ डीएम कार्यालयलाई पत्राचार गरेका छौं । घटनाबारे सत्यतथ्य जानकारी गराएर कारबाही अगाडि बढाइदिन पनि आग्रह गरेका छौं ।’ अहिलेसम्म भारतीय पक्षबाट कुनै प्रतिक्रिया प्राप्त हुन नसकेको भट्टले बताइन् ।


प्रतिक्रिया दिनुहोस !