१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

एसएसबीले तुइन काटेर जयसिंह धामी बेपत्ता भएको घटनाबारे विरोध प्रर्दशन



महाकाली नदी वारपार गर्न लगाएको तुइन काटेर एसएसबीले दार्चुलाको ब्यास गाउँपालिका– २ का जयसिंह धामी बेपत्ता भएको घटनाको नेकपा कम्युनिष्ट पार्टीले विरोध गरेको छ ।

शनिबार काठमाडौंमा विरोध प्रदर्शन गर्दै सो पार्टीले सीमाक्षेत्रका जनताको सुरक्षाको ग्यारेन्टी गर्न पनि माग गरेका छन् ।

प्रदर्शनमा सहभागी भएकाहरुले भारतीय साम्राज्यवाद मुर्दावाद, सीमामा भारतीय ज्यादति बन्द गर, लिपुलेक कालापानी हाम्रो हो, नेपाल र नेपालीमाथिको हत्या हिंसा बन्द गर लगाएका नारा लगाएका थिए ।

धामी महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएर महाकाली नदीमा बगेर बेपत्ता भएका थिए । एसएसबीको उक्त कार्यको नेपालमा विरोध भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !