गत शुक्रबार राति पारस शाह हेलमेट विनै मोटरसाइलमा निस्किएर प्रहरीसँग गरेकाे लफडाबाजी भाइरल भयो । हेलमेट नलाएको भन्दै एक प्रहरीले काठमाडौंको महाराजगञ्जमा उनलाइ रोकेका थिए । ट्राफिक प्रहरीले रोकपछि उल्टै पारस शाह प्रहरीसँग झगडा गर्न लागेको भिडियो जताततै चर्चाको बिषय बन्यो ।
पछिल्लाे केही समयदेखि सोही बाइकका कारण उनी चर्चामा आउने गरेका छन । चर्चामा मात्रै होइन पारस यस्तै बिषयमा पटक पटक बिवादित बनिरहेका हुन्छन् ।
खासगरी उनी घरबाहिर निस्कँदा बाइक लिएर हिड्ने तर, कहिले हलमेट नलगाउने,कहिले मदिरा पिउने गर्छन । तर, पासरकाे यस्ता कृयाकलाप बाहिरिँदा पारसकै बढी चर्चा हुन्छ न कि बाइककाे ।
कुन बाइक चढ्छन पारस ?
पारस शाह बहु प्रतिष्ठित हार्ले डेविडसन बाइक चढ्ने गरेका छन । उनी सोही बाइकमा कहिले पोखरा,कहिले काठमाडौं लगाएत विभिन्न ठाँउ घुम्ने गरेका छन । पारस हार्ले डेविडसनको पनि पुरानो मोडल हेरीटेज सफटेल क्लासिक चढ्छन ।
जुन समय नेपालमा हार्ले मोटरसाइकल भित्रिएको थिएन । हार्ले डेविडसन अमेरिकाको लोकप्रिय ब्रान्डको रुपमा थियाे । नेपालमा पनि २०२० मा हार्ले मोटरसाइकल विक्री वितरण सुरु भएको थियो तर, नेपाल भित्रिएको कम समयमै यसकाे सोरुम बन्द भयाे ।
तुलनात्मक रुपमा महङ्गो यो बाइक नेपालमा कमै मानिसले चढ्छन । नेपालमा यो ब्रान्ड भित्रिएपछि विक्री नै नभएपछि हार्ले डेभिडसन नेपालबाट बाहिरिएको थियो तर, माग अनुसार यो बाइक नेपाल ल्याइने बताइएको थियो ।
खासगरी यो बाइक ब्रान्ड नेपाल भित्रिए पनि विक्री वितरण सिमित मात्रामा भएपछि नेपालबाट बाहिरिएको हो । पारसले हार्लेको सफटेल क्लासिक मोटरसाइकल झन्डै ८ बर्षदेखि चढ्दै आएका छन् ।
कति पर्छ मूल्य ?
पारस शाहले चढ्ने हेरिटेज सफटेल क्लासिक बाइकमा १७ सय ४६ सीसीको इन्जिन छ । जुन चार पाँग्रे गाडी भन्दा पनि पावरफुल छ । जसले १०९.० आइवीमा ३००० आरपिएम टर्क पावर जेनेरट गर्छ ।
एयर कुलेड इन्जिन, चार भल्भ सहितको इन्जिन यो मोटरसाइकलमा दिइएको छ । ६ स्पिड ट्रान्समिसन गिएर रहेको यो हार्लेडेभिडसन मोटरसाइकल नेपालमा सिमित व्यक्तिसँग मात्रै रहेको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार पारसले चढ्ने हार्ले डेभिडसन हेरिटेज सफटेल क्लासिकको मूल्य १८ हजार ९९९ डलर पर्छ । नेपाली बजारमा आउँदा यो मोटरसाइकलको मूल्य ४० लाख हाराहारी पर्न आउछ ।