१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एकैदिन ३,७२९ जना संक्रमित थपिए, २५ जनाको मृत्‍यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ३,७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ८८५ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १० हजार ५०९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार १९ पुगेको छ भने ६ लाख ६५ हजार ५४८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेका छन् । जसमध्ये ३१ हजार ४२७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३२ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४७१, कास्कीमा ३८३, झापामा १७३, चितवनमा १५५, ललितपुरमा १४७ र गोरखामा १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङमा ९४, भक्तपुरमा ८३, मकवानपुरमा ७०, नवलपरासी पूर्वमा ६०, सुनसरीमा ५९ र रुपन्देहीमा ५० जनामा कोरोना संक्रमण देखिएको छ ।

कैलालीमा ४७, नुवाकोटमा ४६, रामेछापमा ३९, सुर्खेतमा ३६, तनहुँमा ३३, स्याङ्जा र बर्दियामा २७/२७ जना, दाङमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै धादिङमा १८, धनकुटामा १६, बाँकेमा १५, जुम्लामा १४, काभ्रेपलाञ्चोक र पाल्पामा १३/१३, सिन्धुली र अर्घाखाँचीमा ११/११ जना तथा धनुषा र डडेल्धुरामा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !