१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

मेयरको कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल, फोटो जेठ महिनाकै भएको मेयरको दाबी



जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयरको कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल भएको छ । मेयर बेचन दासले कार्यालयभित्रै सोफामा सहयोगीबाट मसाज गराउँदै गरेको तस्वीर भाइरल भएको हो । तस्वीरमा दास कार्यालयको सोफामा आराम गरिरहेको र कार्यालय सहयोगी करण दासले खुट्टामा मसाज गरिरहेको देखिन्छ ।

कोठाभित्र मसाज गराएको तस्वीर झ्यालबाट एक जना स्थानीय व्यक्तिले कैद गरेर सामाजिक संजालमा राखिदिएका हुन् । उक्त तस्वीर भाइरल भएपछि मेयर बेचनको आलोचना भएको छ । मेयर बेचनले भने आफू बिरामी भएपछि कार्यकक्षमै मसाज गराएको बताएका छन् । यद्यपि यी तस्वीरहरु हालको नभई जेठ महीनाकै भएको बताए ।

‘जेठ महिनामा दोस्रो खोप लिँदा कार्यालयमै बेहोस जस्तो भएको थिएँ,’ उनले भने, ‘त्यही भएर सम्बन्धले भाई पर्ने करणलाई मसाज गरिदिन आग्रह गरेँ ।’ एक्कासी बेहोस जस्तै भएको र शरीर पनि काप्न थालेको अवस्थामा मसाज गर्न लगाएको बताउँदै उनले यसलाई सामान्य रुपमा लिनुपर्ने बताए । सामान्य कुरालाई अतिरञ्जित गरिएको उनको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !