१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

विमला वलीलाई बन्धक बनाउँदा पनि पद गुम्ने भएपछि काठमाडौं पुगे पोखरेल



काठमाडौं : लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रकी सांसद विमलाकुमारी वली (खत्री) लाई अपहरण गरी पाँच दिनसम्म बन्धक बनाएको आरोप लागेका प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल संघीय राजधानी काठमाडौं आएका छन् । विपक्षीको अविश्वास प्रस्तावले अप्ठेरोमा परेका मुख्यमन्त्री पोखरेल राजनीतिक भेटघाटका लागि काठमाडौं आएका हुन् ।

विपक्षी गठबन्धनले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछिको राजनीतिक अवस्थाबारे आफू निकट नेतासँग भेटघाट र परामर्श गर्न पोखरेल काठमाडौं आएको बताइएको छ । विपक्षीको समावेदन बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले प्रदेसभाको विशेष अधिवेशन साउन २७ गतेलाई बोलाएपछि पोखरेलले राजनीतिक दौडधूप बढाएका हुन् । कुल ८० जना सांसद रहेको लुम्बिनीमा मुख्यमन्त्रीको पक्षमा ३८ जना सांसदमात्र छन् । विपक्षी गठबन्धनबाट कुलप्रसाद केसीको पक्षमा ४२ जना सांसद छन् ।


प्रतिक्रिया दिनुहोस !